PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

काठमाडौं ५ को विकासको लागि मेयर बालेन र प्रदीप पौडेलबीच ७ बुँदे प्रतिबद्धता



पहिलोपोस्ट

काठमाडौं ५ को विकासको लागि मेयर बालेन र प्रदीप पौडेलबीच ७ बुँदे प्रतिबद्धता

काठमाडौं : कांग्रेस नेता एवं काठमाडौं ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्। बिहीवार भएको भेटमा आफ्नो क्षेत्रको विकासका लागि ७ बुँदे प्रतिबद्धता दुई पक्षबीच भएको सांसद पौडेलले बताएका छन्।

'काठमाडौं महानगरका प्रमुख मेयर बालेन साहसँग अर्थपूर्ण भेटघाट भयो। भेटमा हामीले काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल गर्‍यौं,' प्रदीपले आफ्नो फेसबुकमा भनेका छन्।

यी विषयमा भए प्रतिबद्धता

१. कलंकीदेखि धोबी खोलासम्म रिङरोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने।

२. सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने।

३. मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्‍याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने।

४. हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने।

५. धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने।

६. टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने।

७. सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell