PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

हाथरस 'ग्याङ्ग रेप' मुद्दामा तीनजनाले पाए सफाइ, एकजनालाई दोषी ठहर गर्दै सुनाइयो जन्मकैदको फैसला



पहिलोपोस्ट

हाथरस 'ग्याङ्ग रेप' मुद्दामा तीनजनाले पाए सफाइ, एकजनालाई दोषी ठहर गर्दै सुनाइयो जन्मकैदको फैसला
Photo : Getty Images

भारतको उत्तर प्रदेशमा एक युवतीको सामुहिक बलाकार र हत्या मुद्दामा जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। सन्दीप सिंहलाई दोषी ठहर गर्दै अदालतले उनलाई ४० हजार भारतीय रुपैयाँ जरिवाना तिर्न आदेशसमेत दिएको छ।

अदालतले तीनजना अभियुक्तलाई भने सफाइ दिएको छ। पीडित पक्षले भने अदालतको फैसलाबाट आफूहरु खुशी नभएको उच्च अदालत जाने बताएको छ।

सन् २०२० मा भएको बलात्कारपछि हत्याको यो मुद्दा निकै चर्चामा रहेको थियो। १९ वर्षीया दलित युवतीको 'ग्याङ् रेप' को अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई नै परिचालित गरिएको थियो।

पीडित युवतीको मृत्यु दिल्लीको सफदरजंग अस्पतालमा भएको थियो। प्रहरीले सो घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै आलोचना भएको थियो। प्रहरीले युवतीको अनुहार परिवारलाई नदेखाइ अन्तिम संसकार गरिदिएका थिए। जसकारण यो घटनाविरुद्ध प्रहरीको चर्को आलोचना भएको थियो। केही प्रहरी अधिकारी कारवाहीमा समेत परेका थिए। मानवअधिकारवादी संघसंस्थाले समेत यो मुद्दामा चासो देखाएको थियो भने यो मुद्दामा धेरै राजनीतिमसमेत भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell