PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

वाग्मती प्रदेशका ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवरण, को को परे जरिवानामा?



पहिलोपोस्ट

वाग्मती प्रदेशका ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवरण, को को परे जरिवानामा?

हेटौंडाः गत मंसिरको निर्वाचनबाट चुनिएका वाग्मती प्रदेश सभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाएका छैनन्। संसद सचिवालयले १४ फागुनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना प्रकाशित गरे पनि उनीहरुले अटेर गरेका हुन्।

तोकिएको अवधिमा विवरण नबुझाउने सांसदहरुको जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

सचिवालयका अनुसार नेपाली कांग्रेका कञ्चनचन्द्र बादे , दिपेन्द्र श्रेष्ठ, याङ्किला शेर्पाले सम्पत्ति विवरण बुझाएका छैनन्। त्यस्तै, राप्रपाका गिरबहादुर तामाङ, डम्बर तामाङ र लक्ष्मी घिमिरेले सम्पत्ति विवरण नबुझाएको सूचना अधिकारी सुन्दर बास्कोटाले बताए।

भ्रष्टाचार कसुरमा अनुसन्धान र तहकिकातबाहेक यस्तो सम्पत्ति विवरण गोप्य राखिने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell