PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

यौन दुव्यर्वहारमा आरोपित बलामी अध्यक्षमा चयन भएको भन्दै १८ पत्रकारले छाडे चलचित्र पत्रकार संघ



पहिलोपोस्ट

यौन दुव्यर्वहारमा आरोपित बलामी अध्यक्षमा चयन भएको भन्दै १८ पत्रकारले छाडे चलचित्र पत्रकार संघ

काठमाडौंः यौन दुव्र्यवहारको आरोप लागेका व्यक्ति अध्यक्ष निर्वाचित भएको भन्दै चलचित्र पत्रकार संघबाट १८ जनाले सामूहिक राजीनामा दिएका छन्। फागुन १७ गते सम्पन्न साधरण सभाले समीर बलामीलाई अध्यक्षमा निर्वाचित गरेको थियो। बलामीमाथि संघकै एक साधरण सदस्यमाथि यौन दुव्र्यवहार गरेकोमा छानबिन भइरहेकोमा अध्यक्ष निर्वाचित भएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। 

साधरण सभामा उक्त विषय उठाए पनि कुनै सुनुवाइ नभएको भन्दै बिहीबार उनीहरुले राजीनामा दिएका हुन्। 

राजीनामा दिनेहरुमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, रीना मोक्तान, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल, सम्झना उप्रेती रौनियार र संगीता श्रेष्ठ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell