कास्कीः गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका हुन्।
दुई विधेयक प्रमाणीकरण
प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश सभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गरेका हुन्।