PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

ग्रीस रेल दुर्घटना : मृतकको संख्या ५७ पुग्यो



पहिलोपोस्ट

ग्रीस रेल दुर्घटना : मृतकको संख्या ५७ पुग्यो

ग्रीसमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। मंगलवार भएको दुर्घटद्दामा हालसम्म ५७ शवको डिएनए परीक्षणको तयारी भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

दुर्घटनाको कारणमा सरकारको कमजोरी रहेको भन्दै रेलमा कार्यरत कर्मचारीहरुले बिहीवार एक दिन हड्तालसमेत गरेका थिए। हड्तालमा करिब दुई हजार मानिस सहभागी भएका थिए।

सरकारले समेत रेलवेको अवस्था सुधार गर्नुपर्ने रहेको बताएको छ। दुर्घटना भएको क्षेत्रमा अझै उद्धारकार्य जारी रहेको छ। दुर्घटना हुँदा रेलमा ३५० यात्रु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell