PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जापानमा भेटियो ७ हजार नयाँ टापु



पहिलोपोस्ट

जापानमा भेटियो ७ हजार नयाँ टापु
Photo : Kyodo News/Getty Images

जापानले आफ्ना टापुहरुको गणना गर्दा नयाँ टापुहरु फेला परेका छन्। सो क्रममा पहिला 'रेकर्ड' गरिएका भन्दा ७ हजार बढी टापुहरु फेला परेको हो।

जियोस्पाटियल इन्फर्मेसन अथोरिटी अफ जापान (जीएसआइ)ले गरेको 'डिजिटल म्यापिङ'मा जापानी भूमिभित्र १४ हजार १२५ वटा टापु रहेको देखिएको हो। सन् १९८७ मा जापानको कोस्ट गार्डको रिपोर्टमा ६ हजार ८५२ वटा टापुहरु रहेको उल्लेख थियो। नयाँ टापुहरु 'आर्टिफिसियल टापु' नरहेको जनाइएको छ। फेला परेका नयाँ टापुहरुका बारेमा सरकारसँग यसअघि कुनै पनि जानकारी थिएन।

नयाँ टापुहरु फेला परे पनि त्यसले जापानको पूर्ण क्षेत्रफल भने परिवर्तन नभएको जीएसआइले जनाएको छ।

जापान र अन्य देशबिच केही टापुहरुलाई लिएर सीमा विवादसमेत छ। रसिया, चीन र दक्षिण कोरियासँग जापानको टापु विवाद रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell