PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : शुक्रवार बिहान  देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनुका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत जानकारी दिएको छ।

यस्तै, आज राती  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell