PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

शीर्ष तीनमा रहन छैन नेपाललाई हारको छुट : नेपाल टस हारेर फिल्डिङमा, टोलीमा एक परिवर्तन



पहिलोपोस्ट

शीर्ष तीनमा रहन छैन नेपाललाई हारको छुट : नेपाल टस हारेर फिल्डिङमा, टोलीमा एक परिवर्तन
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। यूएईमा जारी लिग २ को नेपाल, यूएई र पीएनजीबिचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पीएनजीविरुद्ध टस हारेर फिल्डिङमा उत्रँदैछ।

नेपाल र पीएनजी एकदिवसीय क्रिकेटमा सातपटक आमनेसामने हुँदा पाँच खेल नेपालले र दुई खेल पीएनजीले जितेको छ। बिहीवारको खेलमा यूएईसँग पराजय ब्यहोरेसँगै नेपाललाई शीर्ष तीनमा पर्नका लागि बाँकी ६ खेलमा शतप्रतिशत जित निकाल्नुपर्ने दबाब छ।

अंकतालिकामा नेपाल ३० खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा छ भने समान खेलबाट ७ अंक जोडेको पीएनजी सातौँ स्थानमा छ। नेपाल भन्दा एक स्थान अघि रहेको यूएईको ३१ अंक छ।

नेपाली टोलीमा यूएईसँग खेलेको टोलीमा भन्दा एक परिवर्तन छ। गुलसन झाको स्थानमा भीम सार्कीले स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell