PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पूरा होला धिरजको हिपहप डान्सर बन्ने सपना?



पहिलोपोस्ट

पूरा होला धिरजको हिपहप डान्सर बन्ने सपना?

काठमाडौं : आगामी बैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरमा अभिनेता धिरज मगरलाई स्थान दिइएको छ।

धिरजको हिपहप डान्सर बन्ने सपना वरिपरि टिजर घुमेको छ। तर, परिवार सपना विपरित हुँदा उनले गरेको संघर्ष टिजरमा देखाइएको छ।

फिल्ममा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ।

सुशान्त प्रजापतिको छायाङ्कन रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन्। त्यस्तै, फिल्ममा रेनशा र सोमनाथ खनालको संवाद छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell