PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पीएनजीविरुद्ध नेपालको कसिलो बलिङ, जितका लागि १ सय ८० रनको लक्ष्य



पहिलोपोस्ट

पीएनजीविरुद्ध नेपालको कसिलो बलिङ, जितका लागि १ सय ८० रनको लक्ष्य
फाइल फोटो: क्यान

काठमाडौँ: आइसिसी लिग २ अन्तर्गतको आजको खेलमा पपुवा न्युगिनी(पीएनजी) ले नेपाललाई १ सय ८० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो।

यूएईको दुबईमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि ओपनरद्वय टोनी उरा र किप्लिन डोरिगाले राम्रो सुरुवात गरेका थिए। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दा उराले सर्वाधिक ३९ रन र डोरिगाले २६ रन बनाएका थिए। त्यसपछि आएका सेसे बाउ र असद भाला समान ११ रनमा आउट हुँदा नोर्मन भउनाले १४ र गौडी टोकाले १५ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell