PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

'राष्ट्रपतिको मतपत्रमा उम्मेदवारको फोटो हुन्छ, यस्तोमा पनि भोट बदर गर्ने सांसदलाई लाजै हुन्छ'



पहिलोपोस्ट

'राष्ट्रपतिको मतपत्रमा उम्मेदवारको फोटो हुन्छ, यस्तोमा पनि भोट बदर गर्ने सांसदलाई लाजै हुन्छ'

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले यसपटक राष्ट्रपतिको निर्वाचनका लागि मतपत्रमा उम्मेदवारको फोटो हुने बताएका छन्। शुक्रवार सत्तारुढ ८ दलले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा थापाले उक्त भनाई राखेका हुन्।

'हरियो चिन्ह संघको, रातो चिन्ह प्रदेशको हुन्छ। यसपटक हस्ताक्षर हुँदैन,' वाग्मती प्रदेशका प्रदेश सभा सदस्यहरुलाई नयाँ बानेश्वरको आनन्द इभेन्ट्समा सम्बोधन गर्दै थापाले भने, 'दुई जना राष्ट्रपतिको उम्मेदवारको फोटो भएको हुन्छ। पहिलो रामचन्द्र पौडेलको माथिपट्टी फोटो, तलपट्टी आदरणीय सुवासचन्द्र नेम्वाङको फोटो।'

फोटो राख्दा पनि बदर भएर सांसदको लागि लाजै हुने गगनको भनाई थियो। 'यस्तोमा पनि बदर भयो भने लाजै हुन्छ,' उनले भने, 'जसको भए पनि हाम्रै भयो। कसलाई भन्न जाने?'

भोट क्रस हुने डर भने आफूलाई नरहेको थापाको भनाई रह्यो। यदि यसो भएमा यो पनि लाजको विषय हुने उनले बताए। 'भोट तलमाथि भयो भन्ने मलाई लाग्दैन, भोट तलमाथि हुनुभनेको लज्जाको विषय हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell