PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता : कसुर प्रमाणित भए ५ वर्षसम्म कैद



पहिलोपोस्ट

बिन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता : कसुर प्रमाणित भए ५ वर्षसम्म कैद

काठमाडौं : बिन्ध्यवासिनी म्यूजिक कम्पनीका संचालक सुवास रेग्मीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रेग्मीलाई फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत मुद्दा दर्ता गराएको हो। उनी थाइल्यान्डबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए।

गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी दिएका थिए। विद्युतीय कारोबार ऐन विपरीत कसुर गरेकाले सुवास रेग्मीलाई विपक्षी बनाई मुद्दा दर्ता भएको छ।

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप रेग्मीमाथि लागेको छ। कसुर प्रमाणित भएमा १ लाखसम्म जरिबाना र ५ वर्षसम्म कैद हुन सक्ने छ।

२ वर्षअघि कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पनि पक्राउ परेकी थिइन्। गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको अभियोगमा प्रहरीले शर्मालाई पक्राउ गरेको थियो। उनीविरुद्ध पनि गायक खरेलले नै उजुरी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell