PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राष्ट्रपतिमा सहयोग माग्न बसुन्धरा पुग्यो कांग्रेस टोली, रवि लामिछानेसँगको भेटपछि भने, 'हामी आशावादी छौं'



पहिलोपोस्ट

राष्ट्रपतिमा सहयोग माग्न बसुन्धरा पुग्यो कांग्रेस टोली, रवि लामिछानेसँगको भेटपछि भने, 'हामी आशावादी छौं'

काठमाडौं : सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बसुन्धरास्थित रास्वपाको कार्यालय पुगेका नेता पौडेलले राष्ट्रपतिमा आफ्नो पक्षमा मत दिन अध्यक्ष रवि लामिछानेसँग आग्रह गरेका छन्।

अध्यक्ष लामिछानेले पार्टीमा छलफल गरेर अघि बढ्ने जवाफ दिएको रास्वपाका नेता सन्तोष परियारले बताए। 'राष्ट्रपतिका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानको अक्षरस: पालना गर्न म तयार छु। मलाई साथ दिनुस् भन्नुभयो। पार्टीमा छलफल गरेर हामी अघि बढ्छौं भनेर अध्यक्षजीले भन्नुभयो,' परियारले भने।

भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि आफूहरु आशावादी रहेको बताए। 'रास्वपाले केन्द्रीय कार्यसमिति राखेर छलफल गर्छौं भन्नुभएको छ,' लेखकले भने, 'हामी एकदम आशावादी छौं।'

पौडेलको साथमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, लेखक,  नेता जीपछिरिङ लामा, दिपक खड्कालगायतको टोली पुगेका थिए। राष्ट्रपतिको निर्वाचन २५ गते हुँदैछ। बिहीवारमात्र एमालेबाट उम्मेदवार रहेका सुवास नेम्वाङ रास्वपा कार्यालयमा आफ्नो पक्षमा मत माग्न पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell