PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रतिलिटर ९.२ रुपैयाँ बढ्यो दूधको मूल्य, अब कति पुग्यो?



पहिलोपोस्ट

प्रतिलिटर ९.२ रुपैयाँ बढ्यो दूधको मूल्य, अब कति पुग्यो?

काठमाडौः सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मूल्य बढाएको हो। प्रतिलिटर ९.२ रुपैयाँ मूल्य बढाइएको हो।

दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गरेको थियो। त्यसैको आधारमा सरकारले मूल्य बढाएको हो।

'पहिले ५६ दशमलव ४ रुपैयाँ थियो अहिले ६५ दशमलव ६ रुपैयाँ बनाएका छौं,' सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्।

दैनिक ३१ लाख लिटर दूध उत्पादन हुने भए पनि पछिल्लो समय २५ लाख लिटरभन्दा कम उत्पादन भएको एशोसिएसनले जिकिर गरेको छ। एशोसिएसनले दूधको आन्तरिक उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell