PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

अर्घाखाँचीमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

अर्घाखाँचीमा एक पुरुष मृत फेला

बुटवलः अर्घाखाँचीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार जिल्लाको शितगंगा नगरपालिका १४ मा ५५ वर्षीय भुपाल पुन मृत फेला परेको इलाका प्रहरी कार्याय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार सडक निर्माणको काम गर्दै आएका प्युठानको नौबहिनी गाँउपालिकाका पुन सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

बिहीबार बेलुका खाना खाएर सुतेका पुन शुक्रबार बिहान अबेरसम्म नउठेपछि साथिहरुले बोलाउँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुनसँगै अरु १४ जना साथीहरु पनि बस्दै आएको प्रहरी निरीक्षक रेग्मीले बताए।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell