PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

‘द्वन्द्वमा मारिएका ५ हजारको जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट दर्ताको आदेश



पहिलोपोस्ट

‘द्वन्द्वमा मारिएका ५ हजारको जिम्मा लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट दर्ताको आदेश
फाइल फोटो

काठमाडौंः सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न आदेश गरेको छ। ०७६ मा खुलामञ्चमा माघीका अवसरमा आयोजित कार्यक्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति प्रचण्डले दिएका थिए। 

सोविरुद्ध अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले दायर गरेको रिट दर्ताको आदेश सर्वोच्चको संयुक्त इजलासले दिएको हो। 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालका संयुक्त इजलासले रिट दर्ताको आदेश गरेको हो। सर्वोच्च प्रशासनले दुबै रिट दर्ता गर्न अस्वीकार गरेको थियो। उक्त दरपीठ आदेशविरुद्ध निवेदक इजलास गएका थिए। खतिवडा र फुँयालको इजलासले शुक्रबार उक्त रिट दर्ताको आदेश गरेको हो।

माघीको उक्त सभामा पाँच हजारको आफू जिम्मा लिने राज्य पक्षबाट मारिएका बाँकी १२ हजार पनि आफ्नै टाउकोमा हाले अन्याय हुने बताएका थिए। 

निवेदकद्वयले पाँच हजार मान्छे मारेको जिम्मा सार्वजनिक रुपमा कबुल गरेको अवस्थामा पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै रिट दर्ताका लागि पेस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell