PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

म्याराथनमा हौसिएका ह्विलचेयर प्रयोगकर्ता

म्याराथनमा हौसिएका ह्विलचेयर प्रयोगकर्ता

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बीआईए इन्स्टिच्युटले काठमाडौंमा शनिवार ह्विलचेयर म्याराथनको आयोजना गरेको छ। बीआईए इन्स्टिच्युटले आयोजना गरेको यो चौथो ह्विलचेयर म्याराथन हो।

अन्तर्राष्ट्रिय ह्विलचेयर दिवस सप्ताहको अवसरमा आयोजित म्याथनमा २७२ जना ह्विलचेयर प्रयोगकर्ता सहभागी थिए। म्याराथन भृकुटीमण्डपबाट सुरु भएर टुँडिखेल, घण्टाघर, पुतलीसडक हुँदै भृकुटीमण्डपमै आएर समापन भएको थियो।

ह्विलचेयर म्याराथन प्रतियोगिता अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्न र खेलकुद मञ्च प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

जोरपाटी र कीर्तिपुरमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको लागि बीआईएले काम गर्दै आएको छ। फरक क्षमता भएका व्यक्तिहरुलाई दक्ष र आत्मनिर्भर बनाउन बीआईएले १३० जना सम्मिलित हस्तकला परियोजना सञ्चालन गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell