PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए



पहिलोपोस्ट

भारतीय रुपैयाँ बोकेर हिँडिरहेका दुई भारतीय नागरिक समातिए

काठमाडौं : अवैध रुपमा भारतीय रुपैयाँ लिएर हिँडेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।

भारत हरियाणा बहादुरगन्ज बस्ने वर्षीय ३० वर्षीय सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट सात लाख २० हजार भारतीय रुपैयाँ समेत बरामद भएको छ।

आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell