PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजदेवी मन्दिरबाट मूर्ति चोरी गरेको अभियोगमा ५ जना पक्राउ



पहिलोपोस्ट

राजदेवी मन्दिरबाट मूर्ति चोरी गरेको अभियोगमा ५ जना पक्राउ

जनकपुरधाम : धनुषाको एक मन्दिरबाट मूर्तिसहित लाखौँको सामान चोरी गरेको अभियोगमा धनुषा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरबाट मूर्तिलगायतका सामान चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए।

पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-५ का रजाक मोहम्मद, विदेह नगरपालिका-४ सुन्दरपुरका मोहम्मद हबगुल्ला साह, कमला नगरपालिका-७ हथमुण्डाका रमेश कुमार महतो, विदेह नगरपालिका-४ का नर्सुदिन साह र विदेह नगरपालिका-४ का सरिफ मुसलमान रहेका छन्।

गत साता राजदेवी मन्दिरबाट भगवानको मूर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब ६ लाख रुपैयाँ बराबरको सामान चोरी भएको थियो। 
मन्दिरबाट चोरी भएका सामानहरुमध्ये चाँदीको मूर्तिको टुक्रा, मुकुटको टुक्रा चोरीमा संलग्न भएकाहरुको घरबाट बरामद गरिएको प्रहरी उपरीक्षक खडकाले बताए।

यसका साथै सरिफको घरबाट घटनामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, गोली १ थान, चरेश थाल ७ थान, हम्मर १ थान, पासपोर्ट १ थान, पित्तलको लोटा, गिलास, दियो लगायतका सामाग्री बरामद गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell