PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

१० बजे कफी शप पुगेका माधव नेपालका भाईको दिउँसो छतबाट खसेर मृत्यु



पहिलोपोस्ट

१० बजे कफी शप पुगेका माधव नेपालका भाईको दिउँसो छतबाट खसेर मृत्यु

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्यायको छतबाट खसेर मृत्यु भएको छ। 

शनिबार दिउँसो शंखमूलस्थित एक कफी शपको छौंटौ तलाबाट खसेर मृत्यु भएको हो। समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहेका उपाध्ययलाई छतबाट खसेर घाइते भएपछि दुई युवकले नयाँ बानेश्वरको सिभिल अस्पताल पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि माइतीघरस्थि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा निधन भएको हो। 

प्रहरीले अहिले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी १० बजे कफी शपमा पुगेको देखिएको छ। घटना भने सवा २ बजेतिर भएको थियो। अस्पतालले उनको साढे ५ बजेतिर मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

'हामीले अहिले अनुसन्धान अगाडि बढाएका छौं। के-के भएको थियो भन्ने अनुसन्धानपछि खुल्छ,' काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell