PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

लौरो चिह्नबाट चुनाव लडेका सर्राफ जनमत पार्टीमा प्रवेश



पहिलोपोस्ट

लौरो चिह्नबाट चुनाव लडेका सर्राफ जनमत पार्टीमा प्रवेश

वीरगंजः वीरगंजका सामाजिक अभियन्ता एवम् युवा नेता ओमप्रकाश सर्राफ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।

शनिबार जनमत पार्टीको कार्यालयमै आयोजित कार्यक्रममा अध्यक्ष राउतले सर्राफलाई पार्टी प्रवेश गराएका हुन्। सर्राफ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर १(२) बाट हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए। त्यसअघि २०७४ मा पनि स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए।

सर्राफ विगतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वीरगंज महानगर अध्यक्ष थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell