काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पा र मनाङ १-१ गोलको बराबरीमा रोकिएका छन्।
खेलको १५ औं मिनेटमै रोशन रानामगरको गोलमा मनाङले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको शेर्पाले निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदा गोल फर्कायो। खेलको ८५ औं मिनेटमा शेर्पाका शुरेश कुमालले गोल गोल फर्काउँदै हिमालयन शेर्पालाई खेलमा फर्काए। र, खेल १-१ गोलको बराबरीमा रोकियो।
आजै सम्पन्न अन्य खेलहरुमा एपीएफले थ्री स्टार क्लबलाई २-० गोलअन्तरले हराउँदा चर्च ब्वाइज क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले हरायो।