PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कम्बोडियाका विपक्षी नेतालाई सोखालाई सुनाइयो २७ वर्षको जेल सजाय



पहिलोपोस्ट

कम्बोडियाका विपक्षी नेतालाई सोखालाई सुनाइयो २७ वर्षको जेल सजाय
Photo : Reuters

कम्बोडियाका विपक्षी नेता केम सोखालाई २७ वर्षको जेल सजाय सुनाइएको छ। घरमै नजरबन्दमा रहेका सोखालाई अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा सजाय सुनाइएको हो।

सोखा हाल विघटित कम्बोडियन नेश्नल रेस्क्यू पार्टीका नेता हुन्। उनलाई जुलाइमा हुने चुनावमा उठ्न र मत हाल्नसमेत रोक लगाइएको छ। सोखाले भने आफूविरुद्ध लगाइएको आरोपहरुको खण्डन गरेका छन्।

सोखालाई पहिलोपटक सन् २०१७ मा पक्राउ गरिएको थियो। सन् २०१३ मा अमेरिकाको प्रजातन्त्रिक समूहबाट सहयोग लिइरहेको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको थियो। सन् २०१८ मा सरकारले उनको पार्टी नै विघटन गरिदिएको थियो।

सोखाविरुद्ध लगाइएको मुद्दालाई राजनीतिक प्रेरित भएको भन्दै हुन सेन सरकारको आलोचना पनि भइरहेको छ। मानवअधिकारवादी संस्था र पश्चिमा देशका सरकारले सोखालाई सुनाएको सजायको आलोचना गरेका छन्। अमेरिकाले सोखाविरुद्ध झुटा प्रमाणहरु खड गरि षड्यन्त्र गरेको बताइसकेको छ।

हुन सेन विश्वमा सबैभन्दा बढी समय सत्तामा रहने व्यक्ति मध्ये पर्छन्। उनी सन् १९८५ देखि सत्तामा छन्। आउँदा जुलाइमा हुने चुनावमा पनि उनी फेरि खडा हुने अनुमान गरिएको छ। केही विश्लेषकले भने अब उनले आफ्नो छोरा हुन मानेतलाई सत्ता हस्तान्तरण गर्न सक्ने पनि बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell