PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

बन्द भएको सुकुना चलचित्र मन्दिर अब 'बिराट सिने', सुन्दरहरैँचामा संचालनमा आयो सिनेमा घर



पहिलोपोस्ट

बन्द भएको सुकुना चलचित्र मन्दिर अब 'बिराट सिने', सुन्दरहरैँचामा संचालनमा आयो सिनेमा घर

सुन्दरहरैँचा : लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः संचालनमा आएको छ। 'बिराट सिने' नामबाट उक्त हल संचालनमा आएको हो।

सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको संचालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए।

उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल संचालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी रहेको बताए।  तीनजनाले चार करोड रुपैयाँभन्दा बढी लगानी गरेर सुविधा सम्पन्न हल संचालनमा ल्याइएको उनले बताए। सो हलमा एक सय ३० सिट क्षमता छ।

हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले संचालन गरेका थिए।

सञ्चालक बस्नेतले भने, 'अहिले एउटा पर्दा संचालनमा आएको छ। अब केही समयपछि दोस्रो पर्दा संचालनमा आउने छ।'

सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell