काठमाडौं : बृहस्पति विद्यासदन ले नेपालका विभिन्न जातजाति भेषभूषा झल्किने गरि सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
नक्सालमा रहेको विद्यालयमा शनिवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले मौलिक बाजाहरुको प्रयोग गरेर सांगितिक प्रस्तुती दिएका थिए। साथै कार्यक्रममा लाखे, सोरठि नाच जस्ता मौलिक नाच प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सानो उमेरदेखि नै आफ्नो संस्कृति र पहिरनको बारेमा बालबालिकालाई जानकारी दिनुपर्ने बताएकी थिइन्।
विद्यालयले विद्यार्थीहरुलाई नेपालको विविधता युक्त संस्कृतिबारे जानकारी दिन यस्तो कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।