PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

प्रदेशसभाबाट विश्वासको मत पाउँलान् सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले?



पहिलोपोस्ट

प्रदेशसभाबाट विश्वासको मत पाउँलान् सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले?

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा आज विश्वासको मत लिँदैछन्। यही प्रयोजनका लागि आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभा बैठक बोलाइएको छ।

माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। सोहीदिन नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैलै शाहले आज विश्वासको मत लिन लागेका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। विश्वासको मतका लागि शाहले २७ मत ल्याउनुपर्ने हुन्छ।

केन्द्रमा वर्तमान ८ दलीय सत्ता गठबन्धनलाई आधार मान्ने हो भने शाहले विश्वासको मत पाउनुपर्ने हो। तर, सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गरेको छैन। नागरिक उन्मुक्तिले मत नदिँदा नै रावल सरकार ढलेको थियो। नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने नदिनेबारे प्रष्ट धारणा बनाइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell