PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ट्‍वीटरको आम्दानीमा ४० प्रतिशत गिरावट



पहिलोपोस्ट

ट्‍वीटरको आम्दानीमा ४० प्रतिशत गिरावट
Photo : atulhost

काठमाडौं : सामाजिक सञ्जाल ट्‍वीटरको आम्दानी र समायोजित आम्दानीमा गत डिसेम्बरमा ४० प्रतिशतको गिरावट आएको छ। ट्‍वीटरको वार्षिक आम्दानी वृद्धि दरमा इलन मस्कले गत अक्टोबरमा कम्पनीको जिम्मेवारी लिएपछि भारी गिरावट आएको हो।

मस्कले ट्‍वीटर खरिद गरेपछि यस प्लेटफर्मका शीर्ष विज्ञापनदाताहरूले सबै विज्ञापनहरू रोकेका छन्। अनुसन्धान फर्म पाथमेटिक्सले तयार पारेको तथ्यांकअनुसार शीर्ष ३० विज्ञापनदाताहरूमध्ये १४ जनाले प्लेटफर्ममा सबै विज्ञापन रोकेका थिए भने चार जनाले मस्कको अधिग्रहण अघिको हप्तादेखि वर्षको अन्त्यसम्ममा ९२ देखि ९८.७ प्रतिशतसम्म खर्च घटाएका छन्।

फलस्वरूप, विज्ञापन अनुसन्धान फर्म-स्ट्यान्डर्ड मिडिया इन्डेक्स अनुसार डिसेम्बरमा मात्रै  ट्‍वीटरको विज्ञापन आम्दानी ७१ प्रतिशतले झरेको छ। यसले कम्पनीको प्रमुख आम्दानीको स्रोतलाई ठूलो धक्का पुगेको छ।

नोभेम्बरमा ट्‍वीटर टाट पल्टिने अवस्थामा रहेको बताएका मस्कले डिसेम्बरमा भने कम्पनी आम्दानी-खर्च बराबरको अवस्थामा आएको जानकारी दिएका थिए। ट्‍वीटरले गत वर्ष अर्बपति मस्कलाई कम्पनी खरिदका लागि बैंकहरूले उपलब्ध गराएको ऋणमा जनवरीमा पहिलो पटक ब्याज भुक्तान गरेको थियो।

मस्कले ट्‍वीटर खरिद गर्न १३ १३ अर्ब डलर ऋण लिएका थिए, जसको वार्षिक ब्याज भुक्तानी लगभग १ अर्ब डलर हुन्छ।

मस्कले ट्‍वीटरको आम्दानी बढाउन कडा प्रयास गरिरहेका छन्। उनले कम्पनी खरिदको केही समयपछि नै  ट‍्‍वीटर ब्लुको सशुल्क सदस्यता सुरु गरेका थिए। तर, यसको  मासिक शुल्क नेटफ्लिक्स, स्पोटिफाइ, एप्पल म्युजिकहरू भन्दा महँगो छ। त्यसैले पनि यो प्रयास हालसम्म सफल साबित भएको छैन। 

सशुल्क ट्‍वीटर ब्लु बाहेक, मस्कले ट्‍वीटर प्लाटफर्ममा तीन नयाँ फिचरहरू थप्ने तैयारी गर्दै छन्। मस्कले छिट्टै धेरै शब्दको ट्‍‍वीट गर्न मिल्ने र बुकमार्क बटन फिचर समावेश गर्ने जानकारी दिएका हुन्। ट्‍वीटरले  नै टिन्डर स्वाइप फिचरलाई आफ्नै प्लाटफर्ममा ल्याउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell