PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कुशल भुर्तेलले यूएईसँगको खेल गुमाउने, जोराले उनको स्थान लिने



पहिलोपोस्ट

कुशल भुर्तेलले यूएईसँगको खेल गुमाउने, जोराले उनको स्थान लिने
फाइलफोटो : क्यान

काठमाडौँ: नेपाली क्रिकेट टोलीका ओपनर ब्याट्स्म्यान कुशल भुर्तेलले सोमवार हुने यूएईसँगको खेल गुमाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले भुर्तेललाई 'ग्रोइन इन्ज्युरी' भएको भन्दै उनको स्थान सुन्दिप जोराले लिने जनाएको छ।

क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, यूएई र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली टोली यूएईमा छ। सोमवार नेपालले यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

भुर्तेलले सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीविरुद्ध अर्धशतकीय पारि खेल्दै ५६ रन बनाएका थिए। त्यस्तै दोस्रो खेलमा यूएईविरुद्ध ५ रन बनाएका उनी पछिल्लो खेलमा पीएनजीविरुद्ध गोल्डन डकआउट भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell