PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

'प्रचण्डका कुरा बुझिसक्नु छैन, विप्लव र किरणलाई संसदबाहिर पठाएका प्रचण्ड नै हुन् भन्छन् नि?'



पहिलोपोस्ट

'प्रचण्डका कुरा बुझिसक्नु छैन, विप्लव र किरणलाई संसदबाहिर पठाएका प्रचण्ड नै हुन् भन्छन् नि?'

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वेपत्ता योद्धका परिवारले आफूलाई लागेको आरोपबारे प्रष्ट पार्न आग्रह गरेका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा वेपत्ता योद्ध विपिन भण्डारीका बुवा अधिवक्ता एकराज अधिकारीले उक्त आग्रह गरेका हुन्।

अधिकारीले नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणलाई संसदबाहिर राखेर विरोध गर्न लगाउने प्रचण्ड नै भएको बाहिरी आरोप चिर्नसमेत आग्रह गरे। 'तपाई त जनयुद्धको नायक कसैले कुरा काट्छन् प्रचण्डका कुरा बुझिसक्नु छैन,' अधिकारीको भनाई प्रश्न थियो, 'विप्लव र किरणलाई संसदको विरोध गर्न बाहिर पठाएको हो नि। आफू सांसदीय राजनीतिमा बसेर। यिनीहरु भाइभाइ हुन्। बाहिर त्यस्तो हल्ला छ। यही कुरा पुष्टि गरिदिनुस् न।'

अधिकारीले छुट्टेका माओवादीहरु एक भएर अघि बढ्नुपर्ने सुझावसमेत दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell