PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

टिकटकमा फिल्मका क्लिपहरु छ्यापछ्याप्ती भेटिन थालेपछि साइबर ब्युरोमा जाँदै छक्का पञ्जा टिम



पहिलोपोस्ट

टिकटकमा फिल्मका क्लिपहरु छ्यापछ्याप्ती भेटिन थालेपछि साइबर ब्युरोमा जाँदै छक्का पञ्जा टिम

काठमाडौं: हलमा प्रदर्शनरत फिल्महरु ‘छक्का पञ्जा ४’ र 'छड्के २' का भिडियो क्लिपहरु टिकटकमा छ्यापछ्याप्ती भेटिन थालेका छन। जसकारण टिकटक अहिले फिल्म निर्माताका लागि टाउको दुखाईको विषय बनेको छ। 

‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहदाँ १५ सेकेन्डदेखि १० मिनेटसम्मका क्लिपहरु टिकटकमा भेटिन थालेका छन्। पुरै फिल्म नै टिकटकमा 'लिक' हुन थालेपछि निर्माण टिमले कानुनी प्रक्रिया अगाडि बढाएको छ।

कलाकार दीपकराज गिरीले डिजिटल कम्पनी ओएसआर कानुनी प्रक्रियामा गएको जानकारी दिए। ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ।

उनले फिल्म यसरी 'लिक' हुँदा साइबर ब्युरो र हलले अनुसन्धान गर्नुपर्ने बतााएका छन्। नेपालमा साइबर कानुन सम्बन्धी ज्ञान नहुँदा पनि 'पाइरेसी' भइरहेको उनको बुझाइ छ। साइबर ब्युरो पाइरेसीविरुद्ध कडा रुपमा लाग्नुपर्ने उनले बताए।

फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले पनि निर्माण टिम प्रहरीको पुगेको पुष्टि गरेका छन्।

‘सचेत रहनुहोला है! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरि कानुनी झमेलाबाट बच्नुहोला,’ घिमिरेले फेसबुकमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell