PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

९७ रनमा समेटियो यूएई: पाँच ब्याट्सम्यानको खातामा शुन्य रन, पीएनजीका हेकुरेले कसिलो बलिङ गर्दै लिए पाँच विकेट



पहिलोपोस्ट

९७ रनमा समेटियो यूएई: पाँच ब्याट्सम्यानको खातामा शुन्य रन, पीएनजीका हेकुरेले कसिलो बलिङ गर्दै लिए पाँच विकेट
Photo: Emirates Cricket

काठमाडौँ: यूएईले फितलो ब्याटिङ गर्दै पपुवा न्युगिनीलाई सामान्य लक्ष्य दिएको छ। यूएईमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आज जारी खेलमा घरेलु टोलीले पीएनजीसामू ९८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो। शीर्ष चारबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा यूएईले ब्याटिङमा निरिह प्रदर्शन गरेको हो।

यूएईका ओपनर मोहम्मद वसीमले १९ तथा आशिफ खानले ११ रन बनाउँदा सूरुवाती ब्याटिङ ठीकठाक भएको थियो। त्यस्तै बृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदै यूएईको स्कोर उकास्ने प्रयत्न गरे। तर उनी पछि आएका कप्तान सीपी रिजवानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले संघर्ष गर्दा यूएई समान्य स्कोरमा समेटिन पुग्यो। यूएईका रोहन मुस्तफा, आर्यन लार्का, आयान अफ्जल खान, जुनैद सिद्दकी र सबिर अलीले स्कोर नै गर्न सकेनन्।

बलिङतर्फ पीएनजीका रिले हेकुरेले सर्वाधिक ५ विकेट लिँदा चाड सोपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए।

पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell