PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'



पहिलोपोस्ट

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो।

प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो। त्यसैगरी, हिन्दीसहित तमिल र तेलुगु संस्करणको कुल कमाई भने ५२९.९ करोड भारतीय रुपैयाँ रहेको छ।

सन् २०१७ मा रिलिज भएको 'बाहुबली २' हिन्दी संस्करणको कीर्तिमान अहिलेसम्म कुनै फिल्मले तोड्न सकेको थिएन। तर, शाहरुखले ‘पठान’ मार्फत चार वर्षपछि कमब्याक गरेर नयाँ कीर्तिमान बनाएका छन्।

त्यसैगरी, विश्वभरबाट ‘पठान’ ले १०२६ करोड कलेक्सन गरेको छ। विश्वव्यापी कलेक्सनको हिसाबले ‘पठान’ आमिर खानको फिल्म ‘दंगल’ भन्दा पछाडि छ।

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूखका साथै दीपिका पादुकोण,जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ।

पठानसँगै क्रमशः बाहुबली २, केजीएफ २, दंगल, सञ्जु, पिके, टाइगर जिन्दा हैं, बजरंगी भाइजान लगायतका फिल्महरु धेरै कमाउने हिन्दी संस्करणमा फिल्मको सुचीमा पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell