PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

राष्ट्रपतिका उम्मेदवार पौडेल पुगे माधव नेपाल निवास



पहिलोपोस्ट

राष्ट्रपतिका उम्मेदवार पौडेल पुगे माधव नेपाल निवास

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्। अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।

शनिवार अध्यक्ष नेपालका भाइ सरोजको छतबाट खसेर मृत्यु भएको थियो। 'पौडेलले नेपाल र उहाँका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिनुभएको हो,' भेटबारे पौडेलको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell