PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत, पक्षमा ४१ मत पाउँदा विपक्षमा ११ मत



पहिलोपोस्ट

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत, पक्षमा ४१ मत पाउँदा विपक्षमा ११ मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा ५२ सांसदले मतदान गरेका छन्। शाह पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको जानकारी दिए। 

माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। सोही दिन नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैलै शाहले आज विश्वासको मत लिएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा (एमाले)का १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धन नै शाहको पक्षमा उभिँदा उनले विश्वासको मत पाउने निश्चित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell