PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको ७-० गोलको जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको ७-० गोलको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले युनाइटेडलाई ७-० गोलअन्तरले हराएको हो।

खेलको ४३ औं मिनेटमा कोडी गाक्पोको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुललाई ४७ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै, गाक्पोले ५० औं मिनेटमा गोल थप्दै गोलको शृङखला बढाए।

त्यस्तै, नुनेजले नै ७५ औं मिनेटमा गोल गर्दा मोहम्मद सलाहले ६० र ८३ औं मिनेटमा गोल गरे। त्यस्तै, रोबर्टो फर्मिन्होले ८३ औं मिनेटमा गोल थप्दा लिभरपुलले ७-० गोलको फराकिलो जित निकाल्न सफल भएको हो।

जितसँगै २५ खेलबाट ४२ अंक जोड्दै लिभरपुल अंकतालिकाकाको पाँचौँ स्थानमा उक्लिएको छ भने युनाइटेड समान खेलबाट ४९ अंक जोड्दै तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell