PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाली क्रिकेट टोलीले आज यूएईसँग प्रतिस्पर्धा गर्दै, तालिकाको पाँचौँ स्थानमा उक्लने अवसर



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले आज यूएईसँग प्रतिस्पर्धा गर्दै, तालिकाको पाँचौँ स्थानमा उक्लने अवसर
फाइल फोटो क्यान

काठमाडौं : नेपाली क्रिकेट टोलीले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र यूएई आज आमनेसामने हुनेछन्। खेल दिउँसो पौने १२ बजे यूएईस्थित दुबई क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपाल र यूएई नयाँ प्रतिद्वन्द्वी होइनन्। पछिल्ला पाँच खेलमा यूएई र नेपालबिच भएका पाँच खेलमा यूएईले तीन जित निकाल्दा नेपालले दुईवटा खेलमा जित निकालेको छ। युएई सिरिजकै यसअघिको खेलमा पनि यूएईले नेपाललाई ६८ रनले हराएको थियो।

नेपाल र युएई दुवै टोली क्रिकेट विश्वकप लिग २ को शीर्ष तीन भित्र रहँदै विश्वकप छनोट खेल्ने होडमा छन्। जसमध्ये स्कटल्याण्ड र ओमनले यसअघि नै शीर्ष दुईमा स्थान पक्का गरेकोमा यूएई, नेपाल र नामिबिया शीर्ष तीनको पर्खाइमा छन्।

नामिबियाले सबै ३६ खेल खेलेर हाल तेस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा कायम रहनका लागि नामिबिया बाँकी रहेका नेपाल, यूएई र पीएनजीबिचको खेलमा आफू अनुकुलको नतिजा चाहन्छ।

नामिबियाले ३९ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३६ खेल खेलिसकेर ३५ अंक जोडेको अमेरिका शीर्ष तीनको होडबाट बाहिरिसकेको छ। पाँचौँ स्थानमा ३१ खेलबाट ३१ अंक जोडेको यूएई र छैटौँ स्थानमा ३१ खेलबाट ३० अंक जोडेको नेपाल छ।

नेपालले आजको खेलमा युएईलाई हराउन सके पाँचौ स्थानमा उक्लने छ भने शीर्ष तीनको होडमा पनि कायम रहने छ। तर, नेपालले पराजय ब्यहोरेको खण्डमा शीर्ष तीनको होडबाट बाहिरिने छ र एकदिवसीय मान्यता जोगाउनका लागि अमेरिका र यूएईभन्दा माथि अंक जोड्दै शीर्ष चारमा रहने लक्ष्य बन्ने छ।

नेपाल हाल छैटौँ स्थानमा पीएनजी भन्दामात्र अगाडि रहेको छ। आइतवारको खेलमा पीएनजीसँग कमजोर प्रदर्शन गर्दै हार ब्यहोरेको यूएई पनि जितको दबाबमा रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell