PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ आश्रयविहीन



पहिलोपोस्ट

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ आश्रयविहीन
Photo: REUTERS

दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ शरणार्थीहरु आश्रयविहीन बनेका छन्। हाल नियन्त्रणमा आइसकेको आगोका कारण आइतवार कक्सबजार शिविरमा रहेका करिब २ हजार आश्रयस्थल ध्वस्त भएको बीबीसीले उल्लेख गरेको छ।

लगभग १२ हजार शरणार्थीहरुको आवास नष्ट भएको अनुमान गरिएको छ। जसमध्ये अधिकांश छिमेकी म्यानमारको हिंसाबाट भागेकाहरु थिए।

आगलागीको कारण खुल्न सकेको छैन भने मानवीय क्षतिको रिपोर्ट आएको छैन। स्थानीय समय अनुसार दिउँसो करिब २:४५ बजे आगलागी सुरु भएको र छिनभरमै बाँस र त्रिपालको आश्रयस्थल नष्ट भएको एक अधिकारीले जानकारी दिए।

बंगलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपीलाई भने, ‘करिब दुई हजार आश्रयस्थलहरू जलेका छन् र करिब १२ हजार म्यानमारका नागरिकहरूलाई आश्रयविहीन बनेका छन्।’

तीन घण्टाभित्र आगो नियन्त्रणमा लिइएको भएपनि कम्तीमा ३५ मस्जिद र २१ वटा शरणार्थीका लागि बनाइएका शिक्षण केन्द्र पनि ध्वस्त भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell