PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

अनुभवी ब्याट्सम्यानको फितलो ब्याटिङको निरन्तरता, भीम सार्कीले बनाए अर्धशतक



पहिलोपोस्ट

अनुभवी ब्याट्सम्यानको फितलो ब्याटिङको निरन्तरता, भीम सार्कीले बनाए अर्धशतक
फाइल फोटो: क्यान

काठमाडौँ: भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाएका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी सिरिजको अन्तिम खेलमा उनले अर्धशतक बनाएका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो। उनले ३९.३ ओभरमा पाँच चौकाको सहायतमा अर्धशतक प्रहार गर्दै ब्याटिङमा संघर्ष गरिरहेको नेपाललाई राहत दिलाएका हुन्।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालको फितलो सुरुवात भयो। ओपनर आशिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा उत्कृष्ट लयमा रहेका कुशल मल्ल ३२ रन बनाउँदै पभेलियन फर्किए। त्यस्तै भरपर्दा ब्याट्सम्यान रोहित कुमार पौडेल पनि १ रन र दीपेन्द्र सिंह ऐरी ४ रनआउट हुँदा नेपाल ६८-५ को कमजोर अवस्थामा पुगिसकेको थियो। त्यसपछि आएका सन्दीप लामिछानेले भीम सार्कीसँग ५६ रनको साझेदारी गर्दै नेपालको पारि उकास्न मद्धत गरे। लामिछानेले ४० बलमा २७ रन बनाए।

३९.४ ओभरमा नेपालले ६ विकेट गुमाउँदै १६० रन बनाएको छ। क्रिजमा हाल भीम सार्की र आरिफ शेख छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell