PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

युट्युब हेरेरै सुत्केरी, घटना लुकाउन नवजात शिशुको हत्या!



पहिलोपोस्ट

युट्युब हेरेरै सुत्केरी, घटना लुकाउन नवजात शिशुको हत्या!
फोटो : Bloomberg

भारतको नागपुरमा एक १५ वर्षीया किशोरी युट्युब भिडियो हेर्दै सुत्केरी भएकी छिन्। कसैले थाह नहोस् भन्दै ती युवतीले युट्युबमा गर्भवती हुने प्रक्रिया हेर्दै सुत्केरी भएको बताइएको छ।

ती किशोरीले जन्म दिएको केही बेरमै बच्चाको घाँटी थिची हत्या गरेको खुलेको छ। शिशु जन्मेको केहीबेरमा रुन थालेपछि घाँटी थिची हत्या गरेको बताइएको छ। ती किशोरीले हत्यापछि शिशुलाई घरकै एक बाकसभित्र लुकाएर राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटना गत मार्च २ को हो, तर तीनदिन पछिमात्र आइतवार यो घटना पत्ता लाग्यो। उनकी आमा घर आइपुगे पछिमात्र घटना थाह भएको बताइएको छ। आमाले किशोरीलाई अस्पताल लगेको र मृत शिशुलाई प्रहरीले पोस्टमार्टमका लागि लगिएको छ।

घन्टौ सामाजिक सञ्जालमा च्याट हुन्थ्यो युवकसँग

९ कक्षा पढ्ने ती किशोरीलाई एक जनाले यौन सम्बन्ध राखेको पाइएको छ। इन्स्टाग्राममा एक पुरुषसँग कुराकानी गरेको र पछि यौन सम्बन्ध भएको खुलेको छ। गर्भवती भएपछि ती किशोरीले यो कुरा परिवारबाट लुकाइराखेकी थिइन्। उनको आमाले बढेको पेटबारे सोध्दा ती किशोरी पेटमा स्वास्थ्यको समस्याले गर्दा यस्तो भएको भन्दै कुरा सक्काउँथिन्।

ठाकुर नाम गरेको एकाउन्टमा ती किशोरीले च्याटिङ थालिन्। उनीहरु यहीबाट घन्टौ कुराकानी गर्थे। अन्जान मान्छेसँग लामो समय कुराकानी गरेको थाह पाएपछि उनकी आमाले केही समय पहिले छोरीको फोन फुटाइदिएकी थिइन्। आफूले फोन र च्याट गरे पनि ती सबै किशोरीले डिलेट गर्थिन् र फोटो भिडियोहरु पनि डिलेट गर्ने गर्थिन्। जसले गर्दा उनकी आमाले छोरीको सम्बन्धबारे धेरै जानकारी राख्न पनि सकिनन्।

किशोरीले आरोपी युवाको पुरा नाम पनि थाह नभएको बताउँछिन्। ठाकुर नामका ती मानिस किशोरीसराग मेसेन्जर र भ्वाइसकलबाट मात्र कुराकानी गर्ने भएकोले प्रहरीले ट्रेस पनि गर्न सकिनरहेको बताइएको छ।

नागपुरकै एक मलमा काम गर्न उनकी आमा जब घर आइपुगी तब उनले घरमा रगतका निशान देखिन्। ठाउँठाउँमा रगत पोतिएको देखेपछि आमाले यसबारे छोरीलाई सोधिन्। ती किशोरीले आफूलाई महिनावारी भएको बताइन्। यद्यपि विस्तारै घटनाबारे उनले सविस्तार लगाइन्।

त्यसपछि किशोरीलाई आमाले अस्पताल लगिन्। अस्पताल प्रशासनले प्रहरीलाई खबर गरिदिए। किशोरीसँग प्रहरीले सोधपुछ गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell