PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु
Photo: HANDOUT/BBC

दक्षिणपश्चिमी पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। एक चाडपर्वमा सुरक्षा दिएर बलुचिस्तान प्रान्तको राजधानी क्वेटा फर्कदै गर्दा उक्त विस्फोट भएको हो

एक प्रहरी ट्रक कुच्चिएको र उल्टो गरी पल्टिएको तथा जमिनमा रगतका दागहरु तस्विरमा देख्न सकिन्छ। बलुचिस्तानमा २४ घण्टाभित्र सुरक्षा बलमाथि भएको यो दोस्रो आक्रमण हो। कुनै पनि समूहले यसको जिम्मेवारी लिएको छैन।

कच्छी जिल्लाका प्रहरी अधिकारी सामी आघाले यो आत्मघाती हमला भएको पुष्टि गरेका छन्। आक्रमणकारीले प्रहरीको ट्रकमा मोटरसाइकल ठोकेको रोयटर्सले रिपोर्ट गरेको छ।

घटनास्थललाई घेराबन्दी गरिएको छ भने प्रमाण जुटाउन बम डिस्पोजल टोली घटनास्थलमा रहेको अधिकारीहरूले बताएका छन्। बलुचिस्तान सरकारले आक्रमणको निन्दा गर्दै अनुसन्धान भइरहेको बताएको छ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरीफले देशलाई अस्थिर बनाउन खोज्नेहरुले आक्रमण गरेको बताएका छन्।

सोमवारको हमला पाकिस्तानमा सुरक्षाकर्मीहरूलाई लक्षित गरी भएको शृङ्खलाको पछिल्लो घटना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell