PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

दोलखा कांग्रेसले माग्यो नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा



पहिलोपोस्ट

दोलखा कांग्रेसले माग्यो नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा

काठमाडौं : नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ। जिल्लाले सिफारिस गरेको भन्दा फरक विद्यार्थीलाई नेविसंघ दोलखाको अध्यक्ष बनाएको भन्दै दोलखा कांग्रेसले पार्टी सभापतिसमक्ष शर्पाको राजीनामा माग गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

कांग्रेस दोलखाको माघ १० को निर्णय अनुसार सौगात थापालाई नेविसंघ दोलखाको अध्यक्षमा मनोनयन गर्न सर्वसम्मतले निर्णय गरी सिफारिस पठाइएको विज्ञप्तिमा उल्लेख छ। तर, नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघ दोलखाको कुनै साधारण सदस्य समेत नरहेको व्यक्तिलाई जिल्ला अध्यक्ष तोकी पठाएको खबरले गम्भीर ध्यानाकर्षण भएको कांग्रेस दोलखाले बताएको छ।

पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिसको अवमुल्यन गरी व्यक्तिगत स्वार्थ र संलग्नता तथा काठमाडौंको निकटताका आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने केन्द्रीय अध्यक्ष शेर्पालाई तत्काल वर्खास्त गर्न दोलखा कांग्रेसले माग गरेको छ। दोलखाको हकमा पार्टी बैठकको सर्वसम्मतले गरेको निर्णयअनुसार नेतृत्व र समितिलाई आधिकारिकता प्रदान गर्न जिल्ला समितिले अनुरोध पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell