PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी



पहिलोपोस्ट

माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा जारी छ। माओवादी आन्दोलनका (पूर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

बैठकमा प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, बाबुराम भट्टराई, महिन्द्र राय यादव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, सिपी गजुरेललगायत सहभागी छन्।

प्रचण्ड समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ताको आदेश भएसँगै माओवादी धारका नेताहरु एक भएका हुन्। नेताहरुबिच सकेसम्म पार्टी एकता नभए मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल चलिरहेको बताइएको छ।

यता, आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले सर्वोच्चको आदेश अनुसार संसद्को चालु अधिवेशनमा नै कानुन निर्माणको प्रक्रिया अघि बढाउने समेत प्रतिवद्धता जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell