PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

जङ्गलभित्र भेटियो नक्कली नोट र बिस्कुटको प्याकेट



पहिलोपोस्ट

जङ्गलभित्र भेटियो नक्कली नोट र बिस्कुटको प्याकेट
फाइल फोटो

काठमाडौं : सर्लाहीको एक सामुदायिक जङ्गलभित्र नक्कली नोट भेटिएको छ। वाग्मती नगरपालिका वडा नम्बर ३ धरहरास्थित मुर्तिया साझेदारी वन प्रतियोजनाको भिक्सघारी जङ्गलभित्र नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार रातो पहेँलो बोराभित्र पत्रिकामा सेतो टेपले बेरेको दुई वटा पोका भित्र नक्कली नोट भेटिएको हो। एक हजार दरको १५ वटा नक्कली नोट फेला परेको हो।

त्यस्तै, ४७ वटा नोटको साइजको सेतो पेपर र बिस्कुटको प्याकेट समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय देशको तराई जिल्लामा नक्कली नोटका कारोबारी र नोट बरामदको सङ्ख्या बढेर गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell