
काठमाडौं : सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। मंगलवार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आइतवार सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १२ सय ६५ रुपैयाँ कायम छ। आइतवार चाँदी तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस १८८७.८८ डलर र चाँदी प्रतिऔंस २१.०८ डलरमा कारोबार भइरहेको छ।