PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

लोक गायक राजेन्द्र लम्सालको निधन



पहिलोपोस्ट

लोक गायक राजेन्द्र लम्सालको निधन

काठमाडौं : लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ। कलेजोसम्बन्धि रोगका कारण लामो समयदेखि विरामी रहेका लम्सालको सोमवार राति ६० वर्षको उमेरमा  स्पेनमा निधन भएको लोकदोहोरी सर्जक रमेश बिजीले जानकारी दिए।

बिजीले लम्साल अस्पतालमा रहँदा उपचारका लागि नेपालबाट पनि सहयोग पठाइएको जानकारी दिए।

‘दाईलाई लामोसमयदेखि लिभरको समस्या थियो। जसले गर्दा उहाँ नियमित उपचारमै हुनुहुन्थ्यो। हामीले पनि उहाँको उपचारको लागि भनेर नेपालबाट सहयोग पठाएका थियौँ।’

स्याङ्जा घर भएका लम्सालको गीत सुनेरै संगीत क्षेत्रमा आफू लागेको बिजी बताउँछन्।

भन्छन्, ‘दाई र मेरो घर एउटै ठाउँ हो। म उहाँकै गीत सुन्दै हुर्केको हुँ। उहाँकै कारण मलाई गीतसंगीतमा आउने प्रेरणा मिलेको हो। दाई निकै मिलनसार र मायालु हुनुहुन्थ्यो।’

बिजीका अनुसार लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने कुरा भइरहेको छ। लम्साल मोडल तथा कलाकार सागर लम्साल ‘बले’ का बुवा हुन्।

‍राजेन्द्र पुराना चर्चित लोक गायक हुन। उनले गाएका जापान टोकियो, ज्याग्दीखोलाको किनारै बसेर, मुसरधारे पानी पर्या छ, डोरीको तीन फूँदा, मर्स्याङ्दीको पुल, गैरी खेतमा मुल लगायतका गीतहरु निकै लोकप्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell