PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

द्वन्द्वमा मारिएका '५ हजारको जिम्मा दिए लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता



पहिलोपोस्ट

द्वन्द्वमा मारिएका '५ हजारको जिम्मा दिए लिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

जनयुद्धकालका बारेमा प्रचण्डको अभिव्यक्तिलाई लिएर सुरुमा रिट दर्ता गर्न अदालतले अस्वीकार गरे पनि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालका संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।

२०७६ मा खुलामञ्चमा माघीका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी अदालत पुगेका हुन्। सर्वोच्चमा ज्ञानेन्द्र आरनको रिट दर्ता भएको हो। बुढाथोकीको निवेदन भने दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

सर्वोच्च प्रशासनले सुरुमा दुवै रिट दर्ता गर्न अस्वीकार गरेको थियो। उक्त दरपीठ आदेशविरुद्ध निवेदक इजलास गएका थिए। खतिवडा र फुँयालको इजलासले शुक्रबार उक्त रिट दर्ताको आदेश गरेको थियो।

निवेदकद्वयले पाँच हजार मान्छे मारेको जिम्मा सार्वजनिक रुपमा कबुल गरेको अवस्थामा प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै रिट दर्ताका लागि पेस गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell