PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

दोलखामा बोलेरो दुर्घटना : चालकसहित १८ जना घाइते, ४ जनालाई काठमाडौं ल्याउने तयारी



पहिलोपोस्ट

दोलखामा बोलेरो दुर्घटना : चालकसहित १८ जना घाइते, ४ जनालाई काठमाडौं ल्याउने तयारी
फोटो : विमला थापा

काठमाडौं : दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

बैतेश्वरको वडा ६ स्थित डाँडागाउँमा दिउँसो साढे १२ तिर दुर्घटना भएको वडा ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

'दुर्घटना परेकालाई भर्खरै यहाँको अस्पताल ल्याएको छ। ७ जना गम्भीर घाइते हुनुभएको छ। जसमा ४ जनालाई काठमाडौं लैजाने तयारी भइरहेको छ,' वडाध्यक्ष तामाङले भने।

दुर्घटनामा बोलेरो चालक बैतेश्वरका लीलाबहादुर दाहाल पनि घाइते भएका छन्। नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell