PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

वसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढालियो, टुँडिखेलमा लगेर जलाइयो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : फागुको सुरुवातको संकेत स्वरुप वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर आज बिहान ढालिएको छ।

फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर आज जलाइएको छ।

चीरको दहन सँगै होली सकिन्छ। चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।

चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ। आज बिहान पनि टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोजन चढाइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell