काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिस डांगीले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन्। आज आयोजित कार्यक्रममा डांगी यो वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्।
यस्तै, पलेसा गोवर्द्धनाले उत्कृष्ट पारा एथ्लेटको उपाधी जितेकी छिन्। पलेसा पारा तेक्वान्डो खेलाडी हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई २०७८ सालको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ।
भोजपुरका दान बहादुर तामाङ र माया देवी मोक्तान दुवैजनालाई 'स्पेशन अवार्ड' दिइएको छ।
खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ।